i
 
  •   

    देवराज जाेशी

    नि.विभागीय प्रमुख

     
  •     

    शिव कार्की, शाखा अधिकृत

    सूचना अधिकारी

    फोन नं. ४२१६८२७

    मो.नं. ९८४०३३९८४२

     

     
 

स्वागतम नेपाल सरकार शान्ति तथा पुनर्निर्माण मन्त्रालय राहत तथा पुनस्थापना इकाइ

नेपाल सरकार र ने।क।पा। ९माओवादी० बीच २०६३ साल मंसीर ५ गते सम्पन्न विस्तृत शान्ति सम्झौता र तत्पश्चात विकसित राजनीतिक घटनाक्रमहरुको परिणाम स्वरुप मुलुकमा एक दशकभन्दा लामो समयदेखि विद्यमान सशस्त्र द्वन्द्वको विधिवत अन्त्य भई दिगो शान्ति स्थापना र सामाजिक(आर्थिक रुपान्तरणमा महत्वपुर्ण योगदान पुगेको अनुभव गरिएको छ । सशस्त्र द्वन्द्वको कारण उत्पन्न हुनसक्ने विषम परिस्थितिलाई निराकरण गर्न र मुलुकको सामाजिक, आर्थिक र राजनीतिक जीवनमा पर्नसक्ने प्रतिकूल प्रभावहरुको न्यूनीकरणको लागि यसका मूलभूत कारणहरुलाई समयमै सम्बोधन गरिनु अत्यन्तै आवश्यक हुन्छ । वस्तुतः नेपालको सशस्त्र द्वन्द्वको प्रकृति, यसका कारण र प्रभावहरु अनि यसको समाधानार्थ अपनाइएका उपायहरु आफैंमा विशिष्ट किसिमका छन् र राष्ट्रिय मात्र नभई अन्तरराष्ट्रिय स्तरमै चासो, चर्चा र अध्ययन(अनुसन्धानका विषयवस्तु बन्न पुगेका छन् । त्यसैगरी द्वन्द्व समाधान र द्वन्द्वोत्तरकालीन पुनर्निर्माण र पुनर्स्थापनको क्षेत्रमा अन्य मुलुकहरुले हासिल गरेको अनुभव हाम्रो लागि मार्गदर्शक बन्न सक्दछन् । विगतमा हामीले हासिल गरेका सफलता वा असफलताले हाम्रो साझा भविष्यको मार्गचित्र तयार गर्नमा उल्लेखनीय योगदान पुर्या उन सक्दछन् । राष्ट्रिय एवं अन्तरास्ट्रय जगतमा हासिल गरिएका अनुभव र उपलब्धिहरुको बारेमा आम रुपमा जानकारी प्रदान गरी र्सार्वजनिक महत्वका विषयमा सुसूचित हुने जनसाधारणको मौलिक हकको सम्मान गर्ने र शान्त, सुन्दर र समुन्नत नयाँ नेपालको निर्माणमा र्सार्थक योगदान पुर्याहउने उद्देश्यले नेपाल सरकार, शान्ति तथा पुनर्निर्माण मन्त्रालयले एउटा विद्युतीय सूचना केन्द्र स्थापना गर्ने प्रयास ९ध्भद क्ष्तभ क्ष्लष्तष्बतष्खभ० गरेको छ । मन्त्रालयको यस प्रयासबाट द्वन्द्व व्यवस्थापन, पुनर्निर्माण, पुनर्स्थापन एवं संक्रमणकालीन न्याय जस्ता विषयमा काम गर्ने पेशाकर्मीहरु, नीति निर्माताहरु, अध्ययन(अनुसन्धानकर्ताहरु तथा यस विषयमा प्रत्यक्ष वा परोक्ष रुपमा सरोकार राख्ने व्यक्ति तथा संस्थाहरुले महत्वपूर्ण एवं विशिष्टीकृत सूचना सामग्रीहरु प्राप्त गर्न सक्नुहुनेछ भन्ने अपेक्षा गरिएको छ । त्यसैगरी आपसी सम्वाद एवं अन्तरक्रियाहरुको माध्यमबाट नेपालको शान्ति प्रक्रियालाई अझ बढी परिष्कृत, वैज्ञानिक र वस्तुनिष्ठ तुल्याउन पनि यो केन्द्रले उत्प्रेरक ९ऋबतबथिकत० को भूमिका निर्वाह गर्नेछ भन्ने अपेक्षा पनि मन्त्रालयले गरेको छ । शान्ति तथा पुनर्निर्माण मन्त्रालय यस केन्द्रमा यहाँहरुलाई हार्दिक स्वागत गर्दछ । यस साइटको सामयिक सुधारका साथै सूचनाहरुको परिमार्जनको लागि यहाँहरुको अमूल्य सुझाव, प्रतिक्रिया र परामर्श निरन्तर प्राप्त भइ नै रहनेछन् भन्ने कुरामा मन्त्रालय विश्वस्त छ ।

 

द्वन्द्वपीडितहरुलाई राहत तथा आर्थिक सहायता प्रभावकारी तरीकाले वितरण गर्ने कार्य दुई बर्ष भित्र सम्पन्न गर्ने उद्देश्य राखी शान्ति तथा पुनर्निर्माण मन्त्रालय अन्र्तगत रा.प. प्रथम श्रेणी सरहको विभागीय प्रमुख रहने गरी अस्थायी संरचनाको रुपमा २०६५÷०१÷१३ को नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार राहत तथा पुनस्थापन इकाईको गठन भएको  ।

Read More


 

भिडियो



More Videos

Recent Notice